ओली भन्छन्- एमाले कुनै गुण्डा दल होइन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै गुण्डा दल नभएको बताएका छन् ।

आइतबार (आज) अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्च्यूअल सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै २÷४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ । केपी ओलीको साथमा छ । एमाले कुनै गुण्डा दल होइन । एउटा परिपक्व राजनीतिक पार्टी हो । जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ,’ अध्यक्ष ओलीले भनेका छन् ।

यस्तै ओलीले वरिष्ठ नेता माधवकुमार नेपालतर्फ संकेत गर्दै प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाए । अपराध कर्मको नेतृत्व गरिरहेकाहरुको सन्दर्भमा आफूले धेरै भनिरहेको भन्दै ओलीले थप केही नभन्ने बताए । भने— ‘अब म आशा गरिरहने छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *