लक्ष्मण र प्रविशाको ‘पहिलो माया’ सार्वजनिक

काठमाडौँ । लक्ष्मण शर्मा र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । गीतमा शब्द/सङ्गीत दुवै गायक शर्माको नै छ भने सङ्गीत संयोजन उदयराज पौडेलले गरेका छन् ।

प्रितम शाह र लक्ष्मण शर्माको प्रस्तुतिमा गीत सार्वजनिक गरिएको हो । भिडियोमा गायक शर्मा स्वयं फिचर्ड छन् भने उनको अपोजिटमा मोडल अस्मिता पन्त छिन् ।

गणेश शाहीको निर्देशनमा तयार भिडियोमा सम्पादन फराज अर्पणको छ । भिडियोलाई छायाङ्कन पनि फराजले नै गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *