पारिवारिक प्रेम कथामा ‘दिल चुप छ’ टेलिशृंखला तयार

काठमाडौँ । पारिवारिक प्रेम कथामा आधारित टेलिशृंखला ‘दिल चुप छ’ साउन महिनाबाट प्रसारण हुने भएको छ । परिवारभित्र आइपर्ने उतारचढावलाई सूक्ष्म ढङ्गले देखाइने यो शृङ्खला नवल नेपालले निर्देशन गरेका हुन् ।

प्रेमिल विवाहित जोडीको जीवनमा आउने सुखद् र दुखद् क्षण देखाइने शृङ्खलाको मुख्य भूमिकामा सरोज खनाल, सुर्यमाला खनाल, एसराज गराच र रिस्ता बस्नेतलाई देख्न सकिन्छ ।

अन्य कलाकारहरूमा निर्मल न्यौपाने, विशाल पहाडी, नरेश पौडेललगायत रहने छन् । नयाँ प्रस्तुतिमा मेनका अर्याल र महेश खनाल रहेका छन् । शृङ्खला काभ्रेपलान्चोक र काठमाडौँमा छायाङ्कन गरिएको हो । शृङ्खला मदन कश्यप घिमिरेले खिचेका छन् भने मित्र देव गुरुङले सम्पादन गरेका छन् । एलिश कार्कीले सङ्गीत तथा पर्स्व कार्कीले सम्हालेका छन् भने रङ्ग संयोजन कृष्ण श्रेष्ठले गरेका छन् ।

बिएमएचडी टेलिभिजन मार्फत कार्यक्रम प्रसारण हुने बताइएको छ । चलचित्र बनेर प्रदर्शन हुन नसकेको अवस्थामा नेपाली कला प्रेमीको भोक कहे हद सम्म भ पनि मेट्न यो शृङ्खला निर्माण गरेको निर्देशक नेपाल बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *