बजार पुँजीकरणमा नम्बर एक बन्यो नबिल

काठमाडौं । नेपाल टेलिकमलाई उछिन्दै नबिल बैंक बजार पुँजीकरणमा पहिलो स्थानमा उक्लिएको छ । साताको अन्तिम कारोबार दिन (शुक्रबार) नबिल बैंकको सेयर मूल्यमा आएको सुधारपछि पुँजीकरणमा नबिल एक नम्बर बनेको हो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये नबिलको बजार पुँजीकरण १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार रुपैयाँ कायम भएको छ । १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता सेयर सूचीकरण भएको बैंकको प्रतिकित्ता शेयर मूल्य १ हजार ४५९ रुपैयाँ छ ।

बिहीबार नबिल बैंकको सेयर मूल्य ५ रुपैयाँले बढेको थियो भने बजार पुँजीकरणमा एक नम्बरमा रहेको नेपाल टेलिकमको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले घटेको थियो । दोस्रो स्थानमा झरेको नेपाल टेलिकमको १५ करोड कित्ता सेयर सूचीकरण भएकोमा प्रतिकित्ता शेयर मूल्य १ हजार २९६ रुपैयाँ छ । उसको बजार पुँजीकरण १ खर्ब ९४ अर्ब ४० करोड रुपैयाँ छ ।

नबिल बैंकको विजिनेश ग्रोथ, लाभांश क्षमता र इतिहास लगायतका सकारात्मक सूचकहरुका कारण पछिल्लो समय सेयर बजारका लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । टेलिकमको तुलनामा नबिलले बजार पुँजीकरण २ अर्ब २७ करोड रुपैयाँले बढी हो ।

नेपाल पुनर्बिमा कम्पनी १ खर्ब ६१ अर्ब बजार पूँजीकरणसहित यो सूचीको तेश्रो स्थानमा छ । बजार पूँजीकरणको हिसाबले चौथो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ४१ अर्ब पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *