नेपाल इन्स्योरेन्सको निमित्त सीईओमा पोखरेल

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ)मा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले आइतबारबाट लागु हुने गरी उनलाई निमित्त सीईओमा नियुक्त गरेको हो ।

सीईओ विजयबहादुर शाहको कार्यकाल सकिएपछि पोखरेललाई निमित्त सीईओमा नियुक्त गरिएको हो ।
शाहको चार वर्षे कार्यकाल शनिबार सकिने भए पनि शुक्रबार नै उनी बिदा भएका छन् ।

निमित्त सीईओ पोखरलेले एमबीएसम्मको अध्ययन गरेका छन् । ५० वर्षीय पोखरेलले आर्थिक क्षेत्रसँग सम्बद्ध भएर काम गरेको ३४ वर्षको अनुभव संगालेका छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एकाउन्टेन्ट भएर करिअर सुरु गरेका पोखरेलले नेपाल दूरसञ्चार संस्थान, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, युनाइटेड फाइनान्समा काम गरेको अनुभव छ ।

विद्यालय तथा कलेजमा शिक्षण गरेको अनुभवसमेत पोखरेलसँग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *