ग्लोबल आइएमई बैंकले ल्यायाे आन्तरिक पर्यटन प्रवर्द्धन योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीले वार्षिक अनिवार्य बिदा लिँदा कम्तिमा ७ दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

कोभिड महामारीले विदेशी पर्यटकको आवत जावतमा कमी भएकाे अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको जनाएकाे छ ।

कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको बैंकले जनाएको छ ।

यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको जनाएको छ ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स  भित्र्याउँदै  देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याएको जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *