नेपाली जनतालाई कम्युनिष्ट र गैरकम्युनिष्ट छुट्याउनै गाह्रो भो : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतालाई कम्युनिष्ट र गैरकम्युनिष्टबीच फरक छुट्याउन गाह्रो परेको बताएका छन् । शुक्रबार (आज) पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषय प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । ‘आजको कम्युनिष्टहरुको आचरण, व्यवहार र सिद्धान्तका कारण नेपाली जनतालाई को कम्युनिष्ट को गैरकम्युनिष्ट छुटाउनै गाह्रो परेको छ,’ अध्यक्ष केसीले भने— ‘नेपाली जनतालाई कम्युनिष्टप्रति विश्वास छ, भरोसा छ । तर, कम्युनिष्ट भनाउँदाले आफूमाथिको विश्वास बचाउन सकेनन् ।

नेपाली जनताले खोप माग्दा नेताहरुले ब्यालेट दिन खोजेको भन्दै अध्यक्ष केसीले सोधे— ‘यो पनि कम्युनिष्टहरुले गर्छन् र ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *