गण्डकी प्रदेश : कांग्रेसले अन्तिममा फेर्‍यो मन्त्रीको नाम‚ डोबाटेको ठाउँमा बिन्दु

पोखरा । नेपाली कांग्रेसले मन्त्रीको नाम पुनः हेरफेर गरेको छ । केहीबेर अघि तनहुँका डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने टुंगो लागेकोमा अन्तिम समयमा उनको नाम काटिएको छ । डोबाटेको ठाउँमा अब कास्कीका बिन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् ।

केहीबेरपछि गण्डकीमा मन्त्रीमण्डल विस्तारसहित सपथ हुँदैछ । केही समयअघिसम्म डोबाटे मन्त्री बन्ने निर्णय गरेको कांग्रेसले शपथअघि नाम सच्याएको हो । अझै कुन मन्त्रीलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लगाउन सकेको छैन । ठूलाे दबाबका बीच दाेबाटेकाे मन्त्री पद खाेसिएकाे हाे ।
याेसँगै गण्डकीमा कांग्रेसबाट सभापित शेरबहादुर देउवा निकटका मात्रै ४ जना मन्त्री बनेका छन् । मुख्यमन्त्री बाहेक सबै देउवा निकटका हुन् ।
बिन्दुसहित बागलुङका मणिभद्र शर्मा र स्याङजाका मेखलाल श्रेष्ठ मन्त्री बन्दैछन् । माओवादीले पनि तीन मन्त्रीको नाम बिहीबार साँझै मुख्यमन्त्रीलाई दिएको हो । माओवादीबाट रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्ति मगर मन्त्री बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *