सलोनको सिरिज ‘हेल्लो ब्रो’ प्रसारण सुरु

काठमाडौँ । सलोन सलीना फिल्म्सको ब्यानरमा बि एम एच डी टेलिभिजनको प्रस्तुति रहने गरी नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ ।

सुरेश न्यौपानेको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, सृष्टि तिमल्सिना, मनीषा ओझा, ओजस्वी थापा सन्तोष गिरी लगायतको अभिनय छ ।

सिरिजमा सुरेश न्यौपानेको कथा, केदार भुसाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त सिवाकोटीको सङ्गीत, शङ्कर भुजेल र ज्ञानकुमार कट्टेलको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, आकाश बुढाथोकी सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ ।

सिरिजका कार्यकारी निर्मातामा अभिनेता सलोन बस्नेत रहेका छन् । यो सिरिज साउन ७ गतेबाट प्रत्येक बिहीबार ७:०० प्रसारण सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *