यी भू-भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
२०७८ साउन ८ गते

फाइल फाेटाे
काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ भने कर्णाली र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक बदली भएको हो ।
महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश १, लुम्बिनि र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । यस्तै राति पनि दशेका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

२०७८ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








