अमेरिकामा अस्पताल भर्ना हुनेको दर पुनः बढ्दो

वासिंटन । अमेरिकामा बुधबार कोभिड-१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो अवधिमा अमेरिकामा ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन् भने २४९ जनाको मृत्यु भएको छ ।

विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औषतदरमा १७१ प्रतिशतले वृद्धि भएको पनि बताइएको छ । अमेरिकामा हालसम्म कुल ६ लाख नौ हजार ५०८ जनाको मृत्यु भएको छ । पछिल्लो दुई हप्तायता मृत्युदर पनि बढेको उक्त तथ्यांकमा उल्लेख गरिएको छ ।

बिहीबारसम्ममा कोभिड-१९ सङ्क्रमित हुनेको कुल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४८.८ प्रतिशत पुगेको छ भने एक मात्रा खोपमात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत छ ।

अमेरिकामा वयस्क अर्थात् १८ वर्षभन्दा माथिका कम्तिमा पनि ६८.४ प्रतिशत नागरिकले एक मात्रा र दुवै खोप अर्थात् पूर्ण खोप ५९.६ प्रतिशतले लगाइसकेका छन् । अमेरिकामा हालसम्म दुई करोड ९४ लाख ५८ हजार ४०३ कोरोना सङ्क्रमणपछि निको भएका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *