चीनबाट ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं । कोभिड-१९ विरुद्धको थप आठ लाख डोज भेरोसल खोप नेपाल आइपुगेको छ । सरकारले चीनसँग खरिद गरेको सिनोफार्म कम्पनीद्वारा निर्मित भेरोसेल खोप लिएर नेपाल एयरलाइन्सको जहाज बिहीबार काठमाडौं आएको हो ।

भेरोसेल खोप लिनका लागि बुधबार बेइजिङतर्फ गएको नेपाल एयरलाइन्सको जहाजले बिहीबार दिउँसो सबा २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

एयरलाइन्सको जहाज पुनः खोप ल्याउनका लागि आजै राति ११ बजे बेइजिङ प्रस्थान गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट अबको तीन दिनभित्रमा २५ लाख डोज खोप भित्रिनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिएको बताएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =