नेप्से परिसूचक ३ हजार बिन्दुमाथि, ११ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १८.७५ अंकले बढेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.६३ प्रतिशतले बढेर ३०००.३१ बिन्दुमा पुगेकाे छ । सेन्सेटिभ परिसूचक ४.०६ अंकले बढेर ५६२.२४ बिन्दुमा पुगेको छ ।

सय दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँमा खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन लक्ष्मी उन्नति कोष, नगाडी ग्रुप पावर लिमिटेड, सीएचडीसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र माउन्टेन हाइड्रोपावर नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *