ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न, सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित)अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । यसै सम्झौताअनुसार कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्ने जनाएको छ ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =