निर्देशक विधान कार्कीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । म्युजिक भिडिओ निर्देशक विधान कार्कीले महाराष्ट्रमा वितरण गरिएको अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् ।

भारतको महाराष्ट्र राज्यको औरङगावादमा आयोजित ‘दोस्रो रोशनी रिल्स अन्तर्राष्ट्रिय सर्ट फिल्मस् फेस्टिभल २०२१’मा उनले ‘केटो अलि कमाउने होस्’ गीतको भिडिओबाट अवार्ड जितेका हुन् । उनले ‘उत्कृष्ट म्युजिक भिडिओ कन्सेप्ट’ विधाको अवार्ड जितेका हुन् ।

यस महोत्सवमा विश्वका करिब सयभन्दा बढी म्युजिक भिडिओहरूबाट उत्कृष्ट ५ को मनोनयन केही समय अगाडि सार्वजनिक गरिएको थियो । निर्देशक कार्कीले अन्य ४ विदेशी प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जितेका हुन् ।

अर्जुन पोखरेलको सङ्गीतमा तयार भएको भिडिओमा सुधीर श्रेष्ठ, श्रेया सिटौला, अजय श्रीज र अस्मिता अधिकारीको अभिनय रहेको छ । उक्त गीतमा सुनिल कटुवाल र समीक्षा अधिकारीको स्वर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *