अमेरिकामा ‘लेक्सिनटन दोहोरी’

काठमाडौं । चलचित्र निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन सहरमा लोकदोहोरी साङ्गीतिक कार्यक्रम सुरु भएको छ । नेपाली कला संस्कृति संसारभर फैल्याउनका लागि ‘लेक्सिनटन दोहोरी’ नाम दिइएको दोहोरी कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा विष्णु डुम्रेको नेतृत्वमा गायकतर्फ हिम कुँवर, सन्दीप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली तथा गायिकातर्फ सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्वदा खरेलले गाउने छन् । त्यस्तै अन्य गायिकामा रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बबिता अधिकारी पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा रहेका छन् ।

कार्यक्रममा वाद्यवादनअन्तर्गत मादलमा गणेश खड्का, हार्मोनियममा सनातन रेग्मी, गिटारमा कृष्ण राना, तबेलामा उद्धवराज उप्रेती छन् ।

कार्यक्रममा एनआरएनएका अमेरिका केन्टकी च्याप्ट अध्यक्ष केशवराज लोहनी, स्थानीय नेपाली संस्था फोनाका पूर्वअध्यक्ष रामप्रसाद खनाल र कवि, डमरु पौडेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *