मैलुङ खोलाको आईपीओ आउँदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साउन १४ गतेदेखि (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने लागेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात जसमध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीका लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपीओमा आवेदन दिनुपर्नेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *