चलचित्र ‘कुइनेटो’को गीत सार्वजनिक

काठमाडौं । मिडिया एन्ड ईन्टरटेनमेन्ट र पिम नेपालको संयुक्त प्रस्तुतिमा कमला जोशी निर्माता रहेको चलचित्र ‘कुइनेटो’को शीर्ष गीत सार्वजनिक भएको छ ।

अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री श्रीजु अधिकारीको अभिनय रहेको ‘धरती आकाश’ गीतका शब्द ललिता कुँवरले कोरेकी हुन् । सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत दिएका छन् । श्रेयसी चेम्जोङ र युवराज चौलागाईंको स्वर रहेको यो गीतको सङ्गीत संयोजक ओम सुनार हुन् । माधवराज खरेल निर्देशित चलचित्र कोभिड-१९को असर कम हुनेबित्तिकै प्रदर्शनमा आउने निर्माण कम्पनीले बताएको छ ।

निर्देशक खरेलकै लेखन रहेको चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गङ्गा भुजेल, मोतीराम जैसी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दीपेश जैसीलगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्वन्द्व निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायाङ्कन, नरेश खरेलको शृङ्गार, प्रदीप दाहाल र राजेश कुमारको सम्पादन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *