मनाङमा लगातार बाढी, सग्लो छैन केही (तस्बिरहरु)

पोखरा । गत जेठ २४ र असार १ गतेको बाढीले मनाङ तहसनहस भएको छ । सरकारी अड्डादेखि निजी घरहरु मर्स्याङदीमा पसे । बैंक वित्तीय संस्था र सुरक्षा निकायहरुको संरचना बग्यो ।

पुल छैन, सडक क्षतविक्षत छ । बस्तीमा बाढी पसेपछि गाउँले विस्थापित भए । करिब १ हजार व्यक्तिहरु विस्थापित भएको मनाङ प्रशासनको तथ्यांक छ । ६० भन्दा बढी घर पूर्ण क्षति भएका छन् ।

मनाङका अधिकांश बस्तीहरु मर्स्याङदी नदीको किनारमा छन् । सदरमुकाम चामेसहित धारापानी, ताल गाउँ, थोंचे, दानाक्यूलगायतका गाउँहरुमा क्षति अधिक छ । त्यहाँका स्थानीय १ महिनादेखि चामेस्थित सरकारी भवनहरुमा आश्रय लिएर बसेका छन् ।

फोन छैन । बिजुली बल्दैन । खानेपानी बग्यो । सडक नभएपछि खानेकुरा ओसार्न समस्या छ । एउटा गाउँबाट अर्को गाउँ जाने बाटो छैन, जानैपरे हेलिकोप्टर मगाउनुपर्छ । अहिले मनाङमा हेलिकोप्टरले नै खानेकुरा ओसारिरहेका छन् ।

मनाङलाई पुरानै अवस्थामा फर्काउन अब निकै कठिन भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछाने बताउँछन् । उनीहरुले राहत, उद्धारसँगै पुनः निर्माणलाई अघि बढाउनु सुझाव पठाएका छन् ।

तस्बिरहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *