युरो कप विथ फोनलोनको विजेता लक्ष्मी बैंकका खति

काठमाडौं । फोनलोनले आफ्नो ३-हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका हुन् ।

उनले सामसङ्ग को ५५-इन्च स्मार्ट टिभी जित्न सफल भएको बैकंले जनाएको छ । सो क्याम्पेन असार १ गतेदेखि २३ गतेसम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंकहरु, लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।

यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको विनर सेलेक्सन सफ्टवेरु द्वारा गरिएको बैकले जनाएको छ । यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागज-रहित, धितो-रहित स्मार्ट लोन सुविधाबारे जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *