‘ओ माई गड २’का लागि अक्षयले १५ दिन छुट्याउने

एजेन्सी । चलचित्र ‘ओ माई गड २’ बन्ने भएको छ । लामो समय यता चलचित्र निर्माण हुने चर्चा चले पनि अब भने एउटा खबर सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ओ माई गडको सिक्वेलका लागि तयारी पूरा भइसकेको छ । तर यस पटक अक्षय कुमारसँग चलचित्रमा परेश रावलको स्थानमा पङ्कज त्रिपाठी देखिने छन् । त्यस्तै चलचित्र निर्देशक समेत परिवर्तन गरिएको छ । अगिल्लो चलचित्र उमेश शुक्लाले निर्देशन गरेका थिए भने आगामी चलचित्र अमित राय निर्देशित हुनेछ ।

रिपोर्टका अनुसार चलचित्रको बाँकी कास्ट पनि फाइनल भइसकेको छ । यामी गौतम पनि ‘ओ माई गड २’ मा देखिने छिन् । चलचित्रको छायाङ्कन अगस्ट महिनाबाट सुरु हुनेछ ।

यस चलचित्रका लागि अक्षय कुमारले आफ्नो व्यस्त समयबाट १५ दिन निकालेर कामका लागि तयार भएका हुन् । पहिला अक्षय आफ्नो चलचित्र ‘बेल बटम’ को बाँकी छायाङ्कन पूरा गर्न इंग्ल्याण्ड जाने छन् । त्यहाँबाट फर्किए पछि बल्ल उनी ओ माई गड २ को छायाङ्कन सुरु गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *