एनआईसी एसियामा सबैभन्दा छिटो अनलाइन खाता खोल्नेलाई आइफोन र स्मार्टवाच

काठमाडौं । एनआईसी एसिया बैंकले अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिताअन्तर्गत सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापालाई पुरस्कारस्वरुप आईफोन-१२ दिएको छ ।

२०७८ जेष्ठ २३ देखि असार १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम अर्थात् १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेको बैंकले जनाएको छ ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाइन खाता खोल्ने शीर्ष १० सहभागीहरूले स्मार्टवाच जितेका थिए । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *