किन चाहिन्छ नेपाल विश्वविद्यालय ?

नेपालको बौद्धिक जगतमा गिनेचुनेका बौद्धिकवर्ग यतिबेला नेपाल विश्वविद्यालय स्थापना गर्नका लागि सक्रियतापूर्वक लागिरहेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका भन्दा नित्तान्तः भिन्न प्रकृतिको हुने बताइएको नेपाल विश्वविद्यालयले नेपालमा आवश्यक रहेका दक्ष जनशक्ति उत्पादन गर्नमा अग्रणी भूमिका निर्वाह गर्नेमा बौद्धिक वर्गको एकमत देखिन्छ ।

विद्यमान विसंगतीपूर्ण शिक्षा प्रणालीको विकल्प भित्री मनैबाट महसुस गरेर नेपाल विश्वविद्यालय निर्माणको अभियान सुरु भएको संलग्न विद्वानहरूको भनाइ छ । प्रस्तावित नेपाल विश्वविद्यालयले विकास र राष्ट्रको समस्या समाधानका लागि सभ्य बहस गर्न सक्ने आलोचनात्मक चेतसहितका विज्ञ जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको छ ।

यसै सन्दर्भमा प्रा. चैतन्यमिश्र समाज अध्ययन प्रतिष्ठानले नेपाल विश्वविद्यालय स्थापनामा संलग्न रहेका विद्वानहरुसँग नेपाल विश्वविद्यालयको स्थापनाको आवश्यकता, औचित्य र यसको सान्दर्भिकताको सेरोफेरोमा रहेर छलफल कार्यक्रम आयोजना गरिएको छ । प्रस्तुत छ, सोहि छलफल कार्यक्रममा विभिन्न विद्वानहरूले व्यक्त गरेको विचारको सम्पादित अंशः

प्रा. डा. अर्जुन कार्की
नयाँ विश्वविद्यालयको परिकल्पना यत्तिकै आएको होइन । एउटा विश्वविद्यालय थप्ने हिसाबले मात्र हामीले यसको परिकल्पना गरेको होइन । यसका लागि केही निश्चित निष्कर्ष र मान्यताहरू छन् । पहिलो, हाम्रो देश भूराजनीतिक अवस्थामा दुई विशाल देशहरुको बिचमा अवस्थित छ । उनीहरुको भूगोलको हिसाबले पनि जनंसख्याको हिसाबले‚ उनीहरुले उपलब्ध गरेको विकासको हिसाबले, सैन्य शक्तिको हिसाबले र अन्य  विविध दृष्टिकोणबाट उनीहरू तुलनात्मक रुपमा नेपालभन्दा शक्तिशाली छन् । शक्तिशालीमात्र नभई उनीहरू विश्वमा हामीले नेतृत्व गर्न पाउनुपर्छ भन्ने महत्वकाक्षां बोकेका देशहरू हुन् ।

केही आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पनि उद्यमशीलता र लगनशीलताले गर्दा बर्सेनि करिब ६० हजारभन्दा बढी युवाहरू पढ्नका लागि विदेश जाने गर्दछन् ।

उनीहरू एक आपसमा प्रतिस्पर्धा गर्छन् र विश्वमा पनि महाशक्ति राष्ट्रहरूसँग पनि प्रतिस्पर्धा गरिरहेका हुन्छन् । यस्तो बेलामा हाम्रो जस्तो देशलाई मिचमाच गर्न उनीहरुलाई कुनै आइतबार कुर्नै पर्दैन । यसैकारण पनि हाम्रो देशका लागि पहिल्यैदेखि जोगाइँदै आएको कुरालाई अझ सफलतापूर्वक संरक्षण गर्न अन्य देशमा जुन किसिमको विकासहरू भइरहेका छन्‚ सोहीअनुरुप हामी पनि विकासको गतिमा अघि बढ्नुपर्ने हुन्छ । त्यसबाट हाम्रो मुलुकको समृद्धि प्राप्त गर्न जे-जस्ता तौरतरिका, उपाय र कदमहरू चाल्नुपर्ने अवस्था हुन सक्थ्यो त्यसका लागि एउटा सक्षम जनशक्ति चाहिन्छ‚ त्यो एउटा पक्ष छ ।

दोस्रो, त्रिभुवन विश्वविद्यालय त्यति बेलाको युगमा जुन अवस्थामा स्थापना गरियो‚ त्यसले एउटा महत्वपूर्ण भूमिका खेलेको छ । अहिले पनि चल्दै आएको छ । हाम्रो देशको आवश्यकतालाई सम्बोधन गर्नका लागि अहिले भइरहेकोले मात्र पुग्दैन । त्यसमा अझ थप र नविन ढङ्गले जानुपर्छ भन्ने एउटा दृष्टिकोण बनेको छ । र दृष्टिकोण के हो भने‚ जुन गरिबी र अभावको स्थिति छ‚ त्यसलाई छिचोलेर समृद्धितर्फ लम्कनुपर्छ भन्ने किसिमले इच्छा-आकांक्षा पनि बेला बेलामा आउने गर्दछन् ।

तेस्रो, राष्ट्रिय समृद्धि प्राप्त गर्न हामीहरुसँग भएका आफ्नै जनशक्ति सिर्जनशील, पहल गर्न सक्ने, उद्यमशील भएर निस्कनुपर्ने हुन्छ‚ तर अहिलेका अधिकांश स्नातकधारी विद्यार्थीचाहिँ बढि जागिरे प्रवृत्ति, आफ्नो क्षमता अभिवृद्धिभन्दा पनि केहि अपवादलाई छाडेर प्रमाणपत्रचाहिँ हातमा परिहाल्यो भने मैले यति पढ्या छु भनेर प्रमाणित गर्न पाइहाल्छु भन्ने मानसिकताले पढाइमा त्यति गम्भीर भएको पाइएन ।

यहाँका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुले अपेक्षित गुणस्तरको शिक्षा दिन नसकेकाले ती व्यक्तिहरू‚ जोचाहिँ आर्थिक रुपमा सम्पन्न छन्‚ उनीहरुले आफ्ना बालबालिकाहरुलाई यहाँ पढाइ गुणस्तरीय नहुने भन्दै विदेश पढ्न पठाउँछन् ।

केही आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पनि उद्यमशीलता र लगनशीलताले गर्दा बर्सेनि करिब ६० हजारभन्दा बढी युवाहरू पढ्नका लागि विदेश जाने गर्दछन् ।

विश्वमा भएका विभिन्न अनुभवहरू, प्राज्ञिक अनुभव र विश्लेषण मूल्याङ्कन गर्दै नेपालमा कुन सान्दर्भिक हुने र कुन नहुने भन्ने विषयलाई केलाउँदै यसमा विश्वव्यापी रुपमा प्राज्ञिक‚ नयाँ अवधारणाका कुराहरू र नयाँ प्रणालीलाई समेत हामीले समावेश गरेर खोजेको जस्तो क्षमताशील‚ सिर्जनशील र मुलुकको मुलुकप्रतिको दायित्वबोध गर्ने नयाँ जनशक्ति उत्पादन गर्न पहल गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले यो अवधारणा ल्याएका हौँ ।

अहिले खुल्ने विश्वविद्यालय अन्यभन्दा फरक जग हाल्ने खालको गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालय हुनेमा कुनै द्विविधा छैन ।

प्रा. डा. बिपिन अधिकारी
विश्वविद्यालयका लागि अहिले एक किसिमको बाटो तय गरिसकेको अवस्थामा पनि कतिपय कुराहरूचाहिँ छलफलका आधारमा हामीले परिमार्जन गर्दै लैजाने गर्नुपर्छ । त्यो भनेको अलिकति समय लिएर गर्नुपर्ने कुराहरू हुन् ।

भर्खर काम गर्न शुरु गरेका छौं तर त्यो बोर्ड विकास समिति ऐनअन्तर्गत बनेको छ ।

जसका लागि निश्चित रुपमा हामी अहिले हतार गरेर भन्दा पनि समयलाई व्यवस्थापन गर्दै काम गर्नुपर्ने हुन्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले स्थापना गरिदिएको एउटा बोर्डको रुपमा अहिले हामी काम गरिरहेका छौं ।

भर्खर काम गर्न शुरु गरेका छौं तर त्यो बोर्ड विकास समिति ऐनअन्तर्गत बनेको छ ।

यो नेपाल सरकारद्वारा निर्धारण गरिएको अप्रोच भएकाले यसका आर्थिकदेखि कानुनी पक्षहरू हुन्छन्‚ र ती सबै नेपाल सरकारले निर्धारण गरेबमोजिम विकास समितिमा हुने गर्दछ ।

अहिले हामीले बोर्ड पाएका छौं । त्यो बोर्डमा १५ जना सदस्यहरु छन् । १५ जनामध्ये चारजना नेपाल सरकार अथवा स्थानीय सरकारका प्रतिनिधिले प्रतिनिधित्व गर्दछन्‚ जसमा विश्वविद्यालय निर्माण गरिने स्थानको नगरपालिकाका मेयर‚ अर्थमन्त्रालय र शिक्षामन्त्रालयका प्रतिनिधिको समेत प्रतिनिधित्व भएको छ । अहिले भएका सदस्य सरकारले गठन गरिदिएको हो ।

डा. उत्तमबाबु श्रेष्ठ
अहिलेसम्म भविष्यको शिक्षा कस्तो हुने अबको हाम्रो पिंढीलाई हामीले कस्तो किसिमको शिक्षा दिने र कस्तो किसिमको क्षमता अभिवृद्धि गर्ने भन्ने विषयमा चर्चा भएको छ । साथै कस्तो दक्षता प्रदान गर्ने र कस्तो सीप सिकाउने भन्ने विषयमा पनि चर्चा भएको छ ।

यो भयो भने रोजगारी पनि निश्चित होला । चासो सर्वत्र देखिएको अवस्थामा हाम्रो शिक्षा क्षेत्रका बहसहरूचाहिँ त्यो किसिमको फिचरस्टिक नभएको होकि जस्तो मलाई कता कता महसुस हुन्छ । हाम्रो देशको आर्थिक, सामाजिक र अन्य हरेक हिसाबको समस्या समाधानका लागि चाहिने जनशक्ति वा त्यसका लागि चाहिने आवश्यक ज्ञान बढाउन हामी पछि परेको होकि जस्तो देखिन्छ । त्यो परिप्रेक्ष्यमा अब चाहिँ नयाँ संस्था भइदिए राम्रो हुन्थ्यो भन्ने किसिमको एउटा आइडियोलोजीले अलिकति प्रेरित गर्‍यो ।

त्यसका लागि अबका चुनौतीहरू हाम्रोमात्र नभएर र विश्वकै हो । समग्रमा हाम्रो ज्ञानको फरकपन हेर्दा हामी साह्रै पछाडि छौँ जस्तो लाग्छ । हामी ज्ञानविज्ञानको कुरामा चाहिँ धेरै पछाडि परेका रहेछौं । त्यो किनभन्दा हाम्रो विश्वविद्यालयमा अनुसन्धानलाई तदारुकता भएन । विद्यार्थीलाई कुनै एक विषयको ज्ञातामात्र भन्दा पनि अलिकति समस्या समाधान गर्ने अनि उद्यमशील बनाउने, उत्सुकता जगाउने किसिमले पढाउने कि भन्ने पनि हामीले छलफल र बहस गरिरहेका छौं ।

डा. सुर्यराज आचार्य
यो विश्वविद्यालय अहिले भइराखेका विश्वविद्यालयभन्दा फरक प्रकृतिको हो । हामीले आफैँमा पनि नौलो सिस्टम परिकल्पना गरेका हौं । यसमा सरकारबाट प्रत्यक्ष र निरन्तर बजेटको सपोर्टको अपेक्षा पनि देखिएको छैन । त्यसैले यो अरु विश्वविद्यालयजस्तो भएमा सरकारको स्रोत र बजेट नआउने भएकाले टिकिरहन नसक्ने अवस्था पनि आउन सक्छ ।

यातायात कर सडक पूर्वाधारमा नै खर्चिनुपर्छ : डा. सूर्यराज आचार्य

यदि यो विश्वविद्यालय पनि अन्य विश्वविद्यालयजस्तै भयो भने दाताहरुले पनि यो विश्वविद्यालयलाई किन सहयोग गर्ने ? भन्ने प्रश्न पनि उब्जेला । हामीले विदेशमा रहेका ख्यातीप्राप्त विश्वविद्यालयसँग पनि समन्वय गरेर अघि बढ्ने भनिरहेका छौं‚ यसमा उहाँहरूलाई पनि चासो र इच्छा व्यक्त गरेका छन् । गुणस्तर‚ पठनपाठन र अन्य विविध विधामा अरू विश्वविद्यालयभन्दा फरक भएन भने यसको अस्तित्व रहँदैन । त्यसैले यो रहिरहनका लागि गुणस्तरीय काम गर्नुपर्ने हुन्छ ।

डा. अमिनासिंह

हामीले यो विश्वविद्यालयबाट निस्कने सम्भावित हाम्रो विद्यार्थीहरूको भविष्यलाई देशमा मात्र नभएर विश्वव्यापी रुपमा कसरी सुरक्षित राख्ने भन्ने विषयमा ध्यान दिनुपर्ने हुन्छ । योसँगै हाम्रो आफ्नै धरातलमा यहाँको ऐतिहासिक पुष्ठभूमिमा पनि त्यो सान्दर्भिक हुनु जरुरी छ ।

अहिलेको २१ औं शताब्दीमा कस्तो जनशक्ति आवश्यक हुन्छ र ज्ञानको कुराले मात्र नभएर काम गर्न सक्ने क्षमतालाई अभ्यासमा ल्याउने किसिमले जनशक्ति उत्पादन गर्ने भन्ने विषयमा बहस भइरहेका छन् । यो विश्वविद्यालय विविध क्षेत्रमा क्षमतावान विद्यार्थीहरु उत्पादन गर्न सक्ने हुनुपर्छ ।

विश्वविद्यालयका कार्यक्रममा हामीले कोर्सका रुपमा राख्ने भनेको सामाजिक सेवामा आधारित कोर्स सेसनहरू पनि हुन्छन्‚ जुन हाम्रो कक्षा कोठाभित्र सीमित नभएर बाहिरको र समुदायमै बसेर काम गरेर त्यहाँबाट गएपछि सिकिने खालका कोर्सहरू पनि समावेश गरिनेछन् ।

यो विश्वविद्यालय ज्ञान दिनेमात्र नभएर ज्ञान लिने पक्षमा पनि जोड दिने भएको हुँदा यहाँ अनुसन्धान‚ टिचिङ र लर्निङको पद्धतिलाई कसरी समावेश गर्दै लैजाने भन्नेमा पनि हाम्रो छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *