नेप्से ९ अकंले घट्यो, साढे ७ अर्बको कारोबार

काठमाडौं । साताको चौथो दिन मगंलबार सेयर बजार परिसूचक (नेप्से) ९.०१ अंकले घटेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.३० प्रतिशतले घटेर २९८५.५७ बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक २.८२ अंकले घटेर ५५८.११ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये पाँच उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै २ सय १९ कम्पनीका ३ करोड १६ लाख ८ हजार १ सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँमा खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन लक्ष्मी उन्नति कोषको सेयर मूल्य १० प्रतिशतले बढेको छ । लक्षमी युनाइटेड फण्डको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *