इसा अभिनित ‘एक दुआ’ ट्रेलर सार्वजनिक

नयाँ दिल्ली । बलिउड अभिनेत्री इसा देवल १० वर्षपछि चलचित्र ‘एक दुआ’मार्फत ठूलो पर्दामा फर्किँदैछिन् । हालै उनको चलचित्रको ट्रेलर पनि सार्वजनिक भएको छ ।

इसा आफैँले पनि ‘एक दुआ’को ट्रेलर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । सेयर गर्दै उनी लेख्छिन्, ‘हाम्रो चलचित्र ‘एक दुआ’ जुलाई २६ मा प्रिमियर हुँदैछ । यसलाई हरेर हामीलाई माया, शुभकामना, प्रार्थना र आशीर्वाद दिनुहोला ।’

https://youtu.be/k6TjnbES13c?t=16

चलचित्रमा इसा एक मुस्लिम महिलाको भूमिकामा देखिँदैछिन् । ‘एक दुआ’ को कहानी परिवारको खराब आर्थिक अवस्था र जीवनको अशान्तिको बिचमा पुरुष र महिलाबीच समानताका लागि भएको लडाइँमा आधारित छ।

राम कमल मुखर्जी निर्देशित यस चलचित्रलाई इसाले आफ्नो प्रोडक्सन हाउस ‘भारत इसा फिल्म्स’अन्तर्गत निर्माण गरेकी हुन् । निर्माताको रूपमा इसाको यो पहिलो चलचित्र हो । २०११ मा इसा ‘बताओ ओ खुदा’ चलचित्रमा देखिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 20 =