स्थगित मध्य भोटेकोशीको आईपिओ आजदेखि पुनः खुला

काठमाडौं । मध्य भोटेकोशी जलबिद्युत कम्पनीको यसअघि स्थगित भएको आइपीओ पुन: खुलेको छ । निषेधाज्ञाका कारण बैशाख २४ गतेदेखि आइपीओ स्थगित गरीएको थियो ।

यस आईपिओमा छिटोमा साउन १७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलो सुन ३२ गतेसम्म आवेदन दिन सकिने छ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । मध्य भोटेकोशीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।

जसमध्ये ३० प्रतिशतले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस)  का स्थानीयलाई छुट्याईएको छ । यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।

सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ईसेवा, आईएमइ पे र आफ्नै वेबसाइटबाट समेत अनलाइनको माध्यमबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *