सुनको मूल्य ४ सयले बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आज (मगंलबार) सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *