माछापुच्छ्रे बैंकको सहयोगमा शहीद गंगालालमा कोरोना विशेष वार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाडौंको महाराजगञ्जमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महशुस गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा कोरोना विशेष वार्डको स्थापना गरिदिन लागेको बैंकले जनाएको छ ।

कोरोना विशेष वार्ड स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका हुन् ।

सम्झौतापश्चात् बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *