ईसेवा मनी ट्रान्सफर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच सम्झौता

काठमाडौं । ईसेवा मनी ट्रान्सफर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इन्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

कुवेतमा रहेका नेपालीहरूले कुवेत इन्डिया इन्टरनेसनलमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्ने ईसेवाले जनाएको छ ।

साथै कुवेतमा रहेका कुवेत इन्डिया इन्टरनेसनलका ८ वटा शाखा तथा मोबाइल भ्यानमार्फत पनि नगद रेमिट्यान्स पठाउन सकिने जनाएको छ ।

उक्त रकम नेपालमा रहेका ईसेवा मनी ट्रान्स्फरका ८ हजारभन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै ईसेवा खातामा लोड गर्न पनि सकिने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *