नेप्से १३ अकंले बढ्यो, ११ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) १३.९७ अंकले बढेको छ । यस दिन परिसूचकले ३ हजार बिन्दु पार गरेकाे छ । यस दिन ३०३१ अंकसम्म पुगेकाे अरिसूचक अन्तिममा २९९४.५८ बिन्दुमा समेटिएको छ । यस दिन परिसूचक ०.४७ प्रतिशतले बढेकाे छ । तर, सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले घटेर ५६०.९४ बिन्दुमा समेटिएकाे छ ।

आज कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये आठ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य पाँच वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै २ सय १९ कम्पनीका ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।बिशाल बजार कम्पनी लिमिटेडको सेयर मूल्य साढे ९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *