अर्थमन्त्रीद्वारा संसदमा बजेटसहित ३ अध्यादेश पेश

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटसँग सम्बन्धित ३ ओटा अध्यादेश संसदमा पेश भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आइतबार ती अध्यादेशहरु संसदमा पेश गरका हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले संसद नरहेका अवस्थामा ल्याएका ती अध्यादेश संसदको पुनर्स्थापनासँगै सरकारले संसदमा पेश गरेको हो ।

अर्थमन्त्री शर्माले विनियोजन अध्यक्षदेश २०७८, आर्थिक अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७६ गरी ३ अध्यादेश संसदमा पेश गरेका हुन् ।

सरकारको वार्षिक आय तथा व्ययको अनुमानित विवरण विनियोजन अध्यादेशमा छ । त्यस्तै, राजस्व संकलनका लागि करका दर तथा नीतिहरु आर्थिक अध्यादेशमा समेटिएका छन् भने सरकारी खर्च व्यवस्थानका लागि आवश्यक ऋण उठाउने नीति राष्ट्र ऋण उठाउने अध्यादेशमा उल्लेख छन् ।

केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ जेठ ८ गते मध्यरातमा संसद विघटन गरेकी थिइन् । सरकारले १५ जेठमा नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको थियो ।

ती अध्यादेशहरु संसदमा पेश भएको मितिले ६० दिनभित्र पारित गरिसक्नु पर्ने संवैधानिक प्रावधान छ । संसदमा छलफल र आवश्यक संशोधनपछि बजेट पारित गर्ने प्रचलन रहँदै आएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *