पत्रसहित

देउवाले पत्र पठाएरै मागे महन्थसँग विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन् । प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र लेख्दै विश्वासको मत मागेका हुन् । देउवाले पत्रमार्फत आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका १८ सांसदले भने देउवालाई विश्वासको मत दिने भएका छन् । पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेका हुन् ।

सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले आइतबार (आज) को प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदैछन् । देउवाले विश्वासको मत पाउने निश्चितजस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =