एमाले ओली पक्षका नेताहरू आन्तरिक छलफल सकेर स्थायी कमिटी बैठकतिर
२०७८ साउन ३ गते

फाइल तस्बिर
काठमाडौं । नेकपा एमाले ओली पक्षका नेताहरू आन्तरिक छलफल सकेर स्थायी कमिटी बैठकतिर लागेका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आन्तरिक छलफल सकिएको जानकारी दिँदै भने— ‘स्थायी कमिटी बैठकमा सहभागी हुन हिँडेको ।’
नेकपा एमाले स्थायी कमिटी बैठक तुलसीलाल स्मृति भवन च्यासल, ललितपुरमा बिहान ११:०० बजे बस्ने भनिएको थियो । तर एमाले ओली र माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेकाले ढिलाइ भएको छ ।
उता माधव नेपाल पक्षको आन्तरिक छलफल पनि सकिएको छ । नेता नेपाल निवास कोटेश्वरमा माधव पक्षका नेताहरूको छलफलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेता नेपालसँगै नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, विरोध खतिवडालगायतका नेताहरू छलफलमा जुटेका थिए ।
२०७८ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








