फेवामा सधैँको फोहोर (तस्बिरहरु)

पोखरा । पोखराको फेवाताल संरक्षणका लागि दर्जनौं संस्था खुलेका छन् । सरसफाइका लागि त्यो भन्दा धेरै समूह समिति छन् । गुरुयोजना वर्षेनी बन्छ । तर गुरुयोजना बनेको दशकसम्म पनि खोलेर कार्यान्वयन हुँदैन । अहिले फेवातालको नयाँ गुरुयोजना बन्दैछ । पुराना गुरुयोजना अनुसारमात्रै काम भएको भए फेवाको यो दुर्दशा हुने थिएन ।

तालमा वर्षेनी १ लाख ४० हजार मेट्रिक टन गेग्रान मिसिन्छ । त्यसलाई रोक्न बनाइएका चेक ड्याम कम गुणस्तरको भएकोले दुई वर्ष नबित्दै भत्कियो । एक समय १० वर्गकिलोमिटर भनिएको फेवाताल अहिले ५.८ वर्गकिलोमिटर कायम गरिएको छ । यो क्षेत्रमा पूरै पानी छैन ।

याे पनि : फेवातालको बेहाल

दिनदिनै तालको सीमसार क्षेत्र पुरेर घडेरी बनाउने क्रम तीब्र छ । सधैँ माथिल्लो तटबाट बगेर आउने जलकुम्भी झारका कारण ताल कुरुप बन्छ । समयमा यसको व्यवस्थापन सरकारी निकायले गर्न सकेका छैनन्, भने नागरिकस्तरबाट पनि खबरदारी भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *