टी-सिरिजका भूषणविरुद्ध बलात्कारको मुद्दा
२०७८ साउन २ गते

एजेन्सी । टी–सिरिज कम्पनीका प्रबन्ध निर्देशक भूषण कुमारलाई बलात्कारको मुद्दा लागेको छ । मुम्बईको डीएन नगर प्रहरी स्टेसनमा उनीविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको हो । टी–सिरिजको प्रोजेक्टमा काम दिने लोभ देखाएर उनले ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोप छ ।
आरोपकाअनुसार काम दिलाउने लोभमा सन् २०१७ अगस्टदेखि २०२० सम्म भूषणले महिलामाथि अत्याचार गरे । उक्त महिलाले आफूमाथि तीनभिन्न भिन्न स्थानमा अत्याचार गरिएको आरोप लगाएकी छन् ।
प्रहरीले यसबारे मुद्दा दर्ता गरिएको र हाल अनुसन्धान भइरहेको जानकारी दिएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । भूषणलाई हालसम्म गिरफ्तार भने गरिएको छैन ।
२०७८ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








