२० वर्षपछि यशको ‘तिम्रो मन बदलिएछ’
२०७८ साउन २ गते

काठमाडौँ । गायक यश कुमार र गायिका सपना श्रीले २० वर्षअघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरूपमा सार्वजनिक भएको छ । नयाँ गीतमा यशलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् भने गीतमा यशकै शब्द र सङ्गीत छ ।
गीतमा देवेश राईको सङ्गीत संयोजन तथा साजन शाहको मिक्सिङ छ । भिडिओमा सागर लम्साल, प्रिज्मा/प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेसम बुढाथोकीको पनि अभिनय छ ।
भिडिओमा बुद्ध थापा र उनको समूहको छायाङ्कन, विकास धमलाको सम्पादन र रङ्ग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ ।
२०७८ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








