सिभिल बैंकले ल्यायाे ‘सुपर सेभिङ’ र ‘खुत्रुके खाता’ याेजना

काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सिभिल बैंकले १ साउन शुक्रबारदेखि २ नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ । नयाँ आर्थिक वर्षमा विशेष रणनीतिका साथ अघि बढ्ने तयारी गरेको बैंकले ‘सुपर सेभिङ’ र ‘खुत्रुके खाता’ गरी दुई नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

उक्त दुई खातामा बैंकले दिने ब्याजदर चल्तिका बाणिज्य बैंकहरुले दिनेभन्दा बढी हुने जनाएको छ । सुपर सेभिङ एक महिने अवधिको खाता भएको बैंकले जनाएको छ । यो खातामा ६.०१ प्रतिशत ब्याज दिइने बैंकले जनाएको छ । न्यूनतम २५ हजार रुपैयाँमा सुरु गर्न सकिने यस खातामा क्यान्सल लगायत ६ ओटा प्राणघातक रोगको बीमा सुविधासमेत उपलब्ध रहेको जनाएको छ ।

खुत्रुके खाताको ब्याजदर भने ७.०१ प्रतिशत रहने बैंकले जनाएको छ । न्यूनतम ५ सय रुपैयाँमा न्यूनतम २ वर्षदेखि १० वर्षसम्मका लागि यो खाता सञ्चालन गर्न सकिन्छ । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै सुरु गरिएको यो खातामा ग्राहकले चाहेको जुनसुकै समयमा जति पनि रकम जम्मा गर्न सक्ने सुविधा दिइएको छ ।

खाता अवधिभरका लागि खातामा जम्मा भएको रकमको ७० प्रतिशसम्म कर्जा लिन पाउने सुविधा ल्याउने पनि बैंकले जनाएको छ ।

साउन अन्तिमसम्म बैंकमा खाता खोल्ने र बचत गर्नेहरुका लागि बैंकले उक्त ब्याजदरको सुविधा दिने र त्यसपछि अवस्था अनुसार ब्याजदर परिवर्तन हुन सक्ने बैंकले जनाएको छ ।

खुत्रुके खातामा प्रदान गरिएको ब्याजदरमा २ प्रतिशत थप गरी उक्त खातामा जम्मा भएको रकमबाट ऋण लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *