राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि युनडीपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीहरुलाई युनडीपीले उपलब्ध गराउने रकम बैंकले बैंक खातामार्फत भुक्तानी गर्ने जनाएको छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउनेगरी गरिएको यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीहरूमध्ये उद्यम गर्न चाहने विपन्न उद्यमीहरुलाई बैंकले सहूलियपूर्ण कर्जा लगानी गर्न सकिने बताए ।

युएनडीपी नेपालका आवसीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तरी, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीहरुलाई युएनडीपीको प्रयास कार्यक्रमअन्तर्गत गर्न लागिएको आर्थिक सहयोगले उनीहरुको जिविकोपार्जनमा सहयोग पुग्ने बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *