सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।

दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार पाचँ सय सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस्तै क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

यो योजना साउन ३ देखि ७ गतेसम्म लागू हुने जनाएको छ । उक्त समझदारीपत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रालिको तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका थिए । सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटिएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *