विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो

एएफपी । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा कोरोनाविरुद्धको एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज खोप लगाइएको छ भने भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १९२ डोज खोप लगाइएको छ भने ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १२५ डोज खोप लगाइएको छ ।

त्यस्तै बेलायतमा ८ करोड २१ लाख २७ हजार ३५५ डोज खोप लगाइएको छ । जर्मनीमा ८ करोड ४२ लाख ३ हजार ४३३ डोज खोप लगाइएको छ ।

फ्रान्समा ६ करोड २४ लाख ५८ हजार २४१ डोज खोप लगाइएको छ भने इटालीमा पाँच करोड ९९ लाख ६६ हजार ९०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा ६ करोड १२ लाख ८१ हजार ७७३ डोज खोप लगाइएको छ । त्यस्तै जापानमा पनि कोरोनाविरुद्ध ६ करोड ५१ लाख ८० हजार १७८ डोज खोप लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *