‘शेरशाह’को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी स्टारर चलचित्र ‘शेरशाह’को टिजर रिलिज भएको छ । निर्माण टिमले टिजरका साथ चलचित्र प्रदर्शन मिति पनि घोषणा गरेका छन् ।

सिद्धार्थ मल्होत्राले सामाजिक सञ्जालमा टिजर सार्वजनिक गर्दै लेखेका छन्, ‘नायकहरू उनीहरूका कथाहरूबाट बाँच्छन् । हामी तपाईंलाई कारगिल युद्धका नायक कप्तान विक्रम बत्रा (पीवीसी)को सत्य कथा सुनाउन पाउँदा गर्भवान्वित छौँ । यो चलचित्र मेरो लागि लामो यात्राको सहयात्री भएको छ र म वास्तविक जीवनको यस चरित्रमा अभिनय गर्न पाउँदा गर्व गरेको छु । ‘शेरशाह’ १२ अगस्टबाट ओटीटी प्ल्याटफर्ममार्फत आउँदै छ ।’

चलचित्रमा सिद्धार्थ, ​​विक्रम बत्राको भूमिकामा देखिनेछन् । सिद्धार्थ र कियारा बाहेक, विष्णु वर्धन निर्देशित ‘शेरशाह’मा शिव पण्डित, राज अर्जुन मुख्य भूमिकामा रहेका छन् । त प्रणय पचौरी र करण जौहरद्वारा निर्मित चलचित्रमा हिमांशु अशोक मल्होत्रा, निकितिन धीर, अंकिता गोराया, अनिल चरणजीत, साहिल वैद, शताफ फिगर र पवन चोपडाको समेत अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =