बालिका बधूकी कल्याणी देवीको निधन
२०७८ साउन १ गते

एजेन्सी । चर्चित भारतीय अभिनेत्री सुरेखा सीकरीको निधन भएको छ । उनको आज बिहान हृदयघातका कारण ७५वर्षको उमेरमा निधन भएको हाे ।
उनका म्यानेजरले सुरेखाको निधनको खबर सार्वजनिक गरेका हुन् । तीन पटकसम्म नेसनल अवार्ड विजेता उनलाई बालिका बधू र बधाई हो सिरियलले दर्शक माझ लोकप्रिय बनाएको थियो ।
उनले सन् १९७८मा चलचित्र ‘किस्सा कुर्सीका’ मार्फत मनोरञ्जन जगतमा प्रवेश गरेकी थिइन् । उनले चलचित्र, नाटक र टेलिभिजनमा काम गरेकी थिइन् । उनलाई दर्शकले कल्याणी देवी नामले चिन्ने गर्छन् ।
२०७८ साउन १ गते
प्रतिक्रिया
One thought on “बालिका बधूकी कल्याणी देवीको निधन”
Leave a Reply Cancel reply
सम्बन्धित









हार्दिक श्रद्धाञ्जली