पोखराका मेयर जिसीलाई मस्तिष्कघात

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । शुक्रबार बिहान आफ्नै निवासमा उनलाई मस्तिष्कघात भएको हो ।

बिहीबार बेलुकी सामान्य अस्वस्थ भएका उनलाई अस्पताल लगिएको थिएन । बिहीबार दिनभरी सामान्य अवस्थामा काम सकेर फर्केका थिए । जिसीको सुरुमा मेडिप्लसमा सामान्य उपचारपछि मनिपाल अस्पतालमा लगिएको छ ।

अवस्था गम्भीर रहेपनि अहिले उनी खतरामुक्त रहेको बताइएको छ । उनको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *