कुमारी बैंकका सुरेन्द्र भण्डारी लिए अवकास, कामु सीईओमा अनुजमणि तिमिल्सिना

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन् ।

४ वर्षको सफल कार्यकाल समापन गरी अधिकृति भण्डारीले बिहीबार आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका हुन् ।

संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अनुजमणि तिमिल्सिनालाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ ।

३५ वर्षको बैंकिङ करियरलगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको कार्यकालको अनुभव भएका सुरेन्द्र भण्डारीको कार्यकाल सुखद् र सफलदायी रहेको बैंकले जानकारी दिएको छ ।

उनको कार्यकालमा बैंकले प्रशंसनीय स्तरोन्नति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको बैंकले जनाएको छ ।

बैंकको सञ्चालक समितिको बैठकमा भण्डारीले पदभारबाट बिदा लिन चाहेको दिँदै बैंकको सबल र सक्षम कार्यसम्पादनका लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *