पहिलो पटक पर्दामा एक साथ शाहरुख र सञ्जय
२०७८ असार ३१ गते

एजेन्सी । शाहरुख खान र सञ्जय दत्तले आफ्ना अलग अलग चर्चित चलचित्रमा बलियो प्रदर्शन गरेर चर्चा कमाएका छन् । तर पर्दामा भने यी दुई एक साथ देखिएका थिएनन् । अब भने यी दुई एक साथ देखिने भएका छन् ।
एक बहुभाषी चलचित्रमा भने यी दुई चलचित्रभरि एक साथ देखिने भएका छन् । चलचित्रको नाम ‘राखी’ राखिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रको छायाङ्कन मुम्बईमा भइरहेको छ । चलचित्र वायाकमले निर्माण गर्दैछ ।
२०७८ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








