बद्री पङ्गेनीको खर्च कम गर्ने उपाय !

काठमाडौं । गायक बद्री पङ्गेनी रमाइला व्यक्तिको रूपमा परिचित छन् । हँसिलो मिजासका कारण समेत दर्शक स्रोतासँगै कला क्षेत्रका व्यक्तिले समेत उनलाई प्रिय मान्छन् । उनै रमाइला पङ्गेनीले आज रमाइलो तरिकाले ‘फिर्ता लिन बाँकी रकम’ को विषय उठाएका छन् ।

उनले एक ज्योतिषीको प्रसङ्ग निकाल्दै आफूले तिर्न बाँकी ऋण तिरेसँगै पैसा खर्च हुन छाडेको बताएका छन् । उनले नाम नै उल्लेख गरेर धर्मराज पोखरेल र रविन लामिछानेको फिर्ता दिन बाकी रकम तिरेसँगै खर्च हुन छाडेको बताएका छन् ।

अझ, खाजा र चियाको खर्चसमेत सुवास रेग्मी, राजु परियार, चन्द्र शर्मालगायतले तिरिदिन थालेको उल्लेख गरेका छन् । उनको विषय बिस्तारै आफ्नो रकम फिर्ता नआएको तर्फ मोडिएको छ । ‘कुरो आफैँ बुझ मयाले…’ लेख्दै उनले व्यङ्ग्यात्मक तरिकाले पाेस्ट टुङ्ग्याएका छन् । उनले स्टाटस मार्फत आफूले तिर्न बाँकी रकम तिरेर खर्च जोगाएको सोझो कुरा लेखेका हुन् वा आफूसँग लगेको सरसापट वा अरु कुनै रकम तिर्न बाँकीलाई ब्यङ्ग्य गरेका हुन् भन्ने चाहिँ उनले भने जस्तै कुरो  सम्बन्धित आँफैले बुझ्नुपर्ने अवस्था छ ।

हेरौँ उनको पोस्ट :
एउटा गजबको घटना पढौँ है साथीहरू !!!

अचानक एक दिन मेरो एउटा राम्रो ज्योतिषी सँग भेट भयो। कुराकानी कै क्रममा मैले मेरो एउटा समस्या सुनाएँ: मेरो अनावश्यक खर्च भइरहन्छ पैसा जोगिँदैन आर्थिक सङ्कट परिरहन्छ।

ज्योतिषले धेरै सोचेर एउटा प्रश्न गर्नु भो, तपाईँले कसैलाई लामो समयदेखि पैसा तिर्नु बाँकी छ सम्झिनुस् त ? यदि छ भने तिरिहाल्नुस् लामो समयसम्मको ऋणले मानिसलाई थिचिरहन्छ।

मैले गम्भीर भएर सोचेपछि याद आयो धर्मराज पोख्रेल दाइलाई ५०००० र रबिन लामिछाने भाइलाई १०००० तिर्न बाँकी रहेछ तुरुन्तै उहाँहरूलाई भेटेर ऋण तिरिदिएँ।

त्यसपछि आज १६ दिन भयो खल्तीमा ४ हजार बोकेर हिँडेको खर्चनै हुँदैन जम्मा २०० खर्च भएको रहेछ त्यो पनि चुइगम किनेको। बाहिर खाजा खाएको पनि सुवास रेग्मी, रमेश बिजी सङ्कर बि सी, चन्द्र शर्मा, बाबुराम बोहोरा रमेशराज भट्टराई दीपक खड्का र कपिल लामाले तिर्नुहुन्छ अस्ति राजु परियार र विनोद बाजुराली ले त खाना खाएकै पैसा तिर्नु भो।

यदि तपाई पनि कसैलाई लामो समय देखि पैसा तिर्नु बाँकी छ भने तिरिहाल्नुस् ग्रह सुधार्नुस् आर्थिक सङ्कट हटाउनुस्।

कुरो आँफै बुझ मयाले…

धन्यवाद ज्योतिषी गुरु बा…

(तस्बिरमा )ग्रह सुध्रिएपछि शिला आलेले अमेरिकाबाट ल्याइदिएको टिसर्ट ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =