गण्डकी प्रदेश : पूर्वमन्त्री बस्नेतले संसद बैठकमै फाले कुर्सी (भिडिओसहित)

पोखरा । गण्डकी प्रदेशमा चलिरहेको बजेट अधिवेशनमा एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले बजेटको विरोध गर्दै कुर्सी फालेका छन् । बजेट विनियोजन प्रक्रियाअनुसार नभएको भन्दै एमाले विरोधमा उत्रिएको हो ।

बजेटमाथिको छलफलका क्रममा एमाले सांसदहरुले नाराबाजी पनि गरे ।

मुख्यमन्त्री तथा अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव गर्न रोस्टम उक्लिनेबेला एमाले सांसदहरूले रोकेका थिए । पोखरेललाई मार्सल लगाएर रोस्टम पुर्‍याइएको हो । एमालेले आफ्नो सरकारका पालामा सुरु गरिएका योजनामा बजेट नपारेको भन्दै विरोध गरिरहेका छन् ।

यसैबीच, छलफल चलिरहेका बेला एमाले सदनबाट बाहिरिएको छ । मार्सल लगाएर प्रक्रिया अघि बढाएपछि एमाले सांसदहरू बाहिरिएका हुन् । उनीहरू बाहिरिएपनि बजेट पास भएको छ । असार १ गते ३० अर्ब ३ करोडको बजेट ल्याइएको थियो । रातो किताब बनाउन ढिलो भएपछि यहि आइतबारदेखि छलफल सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =