झिनो अकंले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) १.०१ अंकले बढेको छ ।

बुधबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०४ प्रतिशतले बढेर २८७१.८१ बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक ०.१४ अंकले घटेर ५३९.३८ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये पाँच उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै २ सय १४ कम्पनीका ४ करोड ४७ लाख ३६ हजार ५ सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २ सय ५ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य साढे ७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *