कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघ्यो

सिन्ह्वा । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ७७ लाख ९८ हजार ८५५ जना रहेका छन् । विश्वभर तीन अर्ब ४९ करोड ५२ लाख ४१ हजार ४८० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई १४ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

  • संयुक्त राज्य अमेरिका – तीन करोड ३९ लाख १४ हजार ८८४ छ लाख ७ हजार ७७१
  • भारत – तीन करोड ९ लाख ४६ हजार १४७ चार लाख ११ हजार ४०६
  • ब्राजिल – एक करोड ९१ लाख ५१ हजार ९९३ पाँच लाख ३४ हजार ८३८
  • फ्रान्स – ५८ लाख ८२ हजार ९४५ एक लाख ११ हजार ५९७
  • रुस – ५७ लाख ६२ हजार २११ एक लाख ४२ हजार १०२
  • टर्की – ५४ लाख ९३ हजार २४४ ५० हजार ३२४
  • बेलायत – ५२ लाख १० हजार ६११ एक लाख २८ हजार ७४८
  • अर्जेन्टिना – ४६ लाख ८२ हजार ९६० ९९ हजार ६४०
  • कोलोम्बिया – ४५ लाख ३० हजार ६१० एक लाख १३ हजार ३३५
  • इटाली – ४२ लाख ७३ हजार ६९३ एक लाख २७ हजार ८०८
  • स्पेन – ४० लाख १५ हजार ८४ ८१ हजार ३३
  • जर्मनी – ३७ लाख ४५ हजार ३१२ ९१ हजार २९५
  • इरान – ३४ लाख १७ हजार २९ ८६ हजार २०७
  • पोल्याण्ड – २८ लाख ८० हजार ९५९ ७५ हजार १७३
  • इन्डोनेसिया – २६ लाख १५ हजार ५२९ ६८ हजार २१९
  • मेक्सिको – २६ लाख ४ हजार ७११ दुई लाख ३५ हजार २७७
  • युक्रेन – २३ लाख १३ हजार २०९ ५५ हजार ५५
  • दक्षिण अफ्रिका – २२ लाख १९ हजार ३१६ ६५ हजार १४२
  • पेरु – २० लाख ८३ हजार ५६७ एक लाख ९४ हजार ६०६
  • नेदरल्यान्ड – १७ लाख ७२ हजार ६०९ १८ हजार ५४
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *