युनियन लाइफको आइपिओ अन्तिम दिन ५.९१ गुणाले बढि आवेदन

काठमाडौं । असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा चौथो तथा अन्तिम दिन ५.९१ गुणाले ओभर सब्सक्राइब भएको छ ।

६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको अन्तिम दिन अपरान्ह ५ बजे सम्म ३१ लाख ७२ हजार ८ सय ६८ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रकम बराबरको ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । आस्बा अन्तरगतका बैंकहरुमा आस्बामार्फत थप विवरण अझै अपडेट हुने क्रममा रहेको र तलको तथ्यांकमा संलग्न गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *